जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एकजनाको मृत्यु

काभ्रे । काभ्रेको तेमालमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा एकजना घाइते भएका छन् ।

आज बिहान तेमाल गाउँपालिका– ३ स्थित कुँडालमा भएको दुर्घटनामा तेमाल– १ का ५० वर्षीय रामसिंह तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।


जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
198
सम्बन्धित

लोकप्रिय

लोकप्रिय