चारआली म्युजिक फेस्टको तयारी पूरा, आठ हजार दर्शकलाई मनोरञ्जन दिइने

झापा । झापाको मेचीनगर नगरपालिकास्थित चारआलीमा हुन लागेको चारआली म्युजिक फेस्ट २०२५ को तयारी पूरा भएको छ ।

बज्र इभेन्टको आयोजनामा फागुन ९ गते चारआलीदेखि दक्षिण निचाझोडा सिमसार क्षेत्र नजिक रहेको हातेमालो खेल मैदानमा हुने लागेको चारआली म्युजिक फेस्टको तयारी पूरा भएको हो ।

कार्यक्रमस्थलयमा आज पत्रकार सम्मेलनको आयोजना गरी बज्र इभेन्टले तयारी पूरा भएको जनाएको हो । चारआली म्युजिक फेस्टका फोकल पर्सन तथा बज्र इभेन्टका प्रवक्ता मनिष गहतराजले कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको बतानउनुभयो ।


चारआली म्युजिक फेस्टको प्रमुख आकर्षणका रूपमा जोन एण्ड द लोकल्सको प्रस्तुति रहनेछ । ब्याण्डको नेतृत्व गायक जोन चाम्लिङले गर्दै आएका छन् । उनी हाल युवा पुस्ताले सर्वाधिक रुचाइएका गायकमध्येमा पदर्छन् । उनको फर्कन्न होला, हावा जस्तै मलाई उड्नमन लाग्छ, साधना लगायतका गितहरु चर्चित छन् ।

करिब आठ हजार दर्शकलाई मनोरञ्जन दिने लक्ष्य रहेकोमा हालसम्म अनलाइन र टिकट बिक्री केन्द्रबाट तीन हजार आठ सय टिकट बिक्री भइसकेको जनाइएको छ । टिकट दर विभिन्न चार तहमा ५ सय, १ हजार, ३ हजार ५०० र २५ हजार रुपैयाँ रहेको छ ।

म्युजिक फेस्टका लागि झापाको बिर्तामोड, धुलाबारी, चारआली, चन्द्रगढी लगायतका स्थानबाट टिकट धमाधम बिक्री भइरहेको आयोजकले जनाएको छ । म्युजिक फेस्टका लागि नेपालमा खल्ती र भारतमा सजिलो इभेन्ट्सले टिकट बिक्रि गरिरहको छ ।

सुरक्षा व्यवस्था मजबुद बनाउन ५० स्थानमा सीसी क्यामेरा, एक सय जना सेक्युरिटी गार्ड र एक सय ५० जना स्वयम् सेवक परिचालन हुने जनाइएको छ । कार्यक्रमलाई पूर्व मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्नेछिन् । 

पत्रकार सम्मेलनमा बज्र इभेन्टका अध्यक्ष फूर्वा लामा, सिईओ आकाश तामाङ, लागुऔषधविरुद्धका अभियन्ता सञ्जिव थापा, बसन्त लिम्बू लगायतले कार्यक्रमका विषयमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
238
सम्बन्धित

लोकप्रिय

लोकप्रिय