आगलागीबाट इलाममा एक घर जल्यो

झापा। आगलागीबाट इलाममा एक घर जलेर नष्ट भएको छ ।

आज साँझ ५:३० बजे इलाम नगरपालिका–१२ काफ्ले गाउँ बस्ने ७९ वर्षीय पेम्बा तामाङको घरमा आगलागी भएको हो ।

खरको छानो, बाँसको टाटी बेरा भएको एक तले घरमा बिद्युतको लाइन सर्ट भई आगलागी हुँदा घर, घरभित्र रहेको अन्नपात,लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको छ ।


उक्त आगो स्थानीयको सहयोगमा ६ः१५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
237
सम्बन्धित

लोकप्रिय

लोकप्रिय