सुधार केन्द्रमा युवक हत्या प्रकरणमा सात जना पक्राउ

वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका-१ स्थित सुधार केन्द्रमा कुटपिट गरी हत्या गरिएका युवक प्रदीपप्रसाद मण्डलको हत्यामा संलग्न सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

मण्डललाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका वडा नम्बर-३ बस्ने १९ वर्षीय सरफराज मन्सुर, २९ वर्षीय तमन्ना अली, वडा नम्बर-४ बस्ने २२ वर्षीय निरज सरार्फ,बडा नम्बर-६ बस्ने २० वर्षीय राहुल भन्ने महमद आशु मिया शेख,वडा नम्बर-१ बस्ने २४ वर्षीय अरूण सरार्फ, १९ वर्षीय सागर गुप्‍ता र वडा नम्बर-२ बस्ने २१ वर्षीय प्रमेश्वर साह रहेका छन् ।

पक्राउ परेकाहरु केन्द्रमा उपचारका लागि भर्ना भएका तथा त्यहाँ कार्यरत कर्मचारीहरु हुन् । गत शुक्रबार राति नवजन्म सुधार केन्द्रमा भर्ना भएका कलैया उपमहानगरपालिका-९ रामपुर निवासी ३७ वर्षीय मण्डलको पक्राउ परेका सातै जनाले कुटपिट गरी हत्या गरेका थिए ।


पक्राउ परेका सात जनासहित नौ जनामाथि हत्याको अभियोगमा किटानी जाहेरी परेको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

सुधार केन्द्रका संचालक साहेब मन्सुरसहित दुई जना अझै फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
160
सम्बन्धित

लोकप्रिय

लोकप्रिय