अन्तरपालिका महिला फुटबलको फाइनल आज, उपाधि जित्ने दुवै टोलीको दाबी

बिर्तामोड । झापा जिल्ला अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने फाइनल स्पर्धामा कनकाई र अर्जुनधारा नगरपालिकाले दुवै टिमले च्याम्पियन बन्ने दाबी गरेका छन् ।

आज हुने फाइनल खेलका लागि आइतबार आयोजना गरिएको प्रिम्याच कन्फ्रेन्समा कनकाईकी कप्तान खुस्मा राईले तयारी राम्रो भएकाले जित निकाल्ने दाबी गरिन् ।


त्यस्तै, अर्जुनधाराकी कप्तान जेनिफर रानाले पनि उपाधिका लागि आफूहरु तयार रहेको बताइन् । कन्फ्रेन्समा कनकाईका कोच सन्त रायमाझी र अर्जुनधाराका कोच पुष्प मादेनको सहभागिता रहेको थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।

फाइनल खेल आज २ बजेबाट सुरुहुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
303
सम्बन्धित

लोकप्रिय

लोकप्रिय