काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन्।
आइतबार बिहान राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का लगायतले उपचचाररत उपप्रधानमन्त्री पौडेललाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका हुन्।
पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। दुवै जनाको बर्न अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रपति, सभामुख, मन्त्रीहरुले उपचाररत पौडेल र आचार्यलाई भेट गरी स्वास्थ्यलाभको कामना गरे। उपचाररत द्वयको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।