चारआलीमा बल प्रयोग गरेर हटाइयो १८ वटा टहरा

झापा । विगत सात वर्षदेखि मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनको वनक्षेत्रमा बनाइएका १८ वटा घर टहरा बल प्रयोग गरी हटाइएको छ ।

गत वर्षदेखि पटक पटक ठाउँ खाली गर्न गरेको आग्रहलाई बेवास्ता गरी अटेर गरेपछि डिभिजन वन कार्यालय झापाले आज बल प्रयोग गरेको हो ।

वन कार्यालयका ६० जना वनरक्षक र कर्मचारी, ३१ जना सशस्त्र प्रहरी, २९ जना जनपद प्रहरी र ५० जना सामुदायिक वन उपभोक्ता सदस्यहरु ती घर टहरा हटाउन परिचालन गरिएको थियो ।


जेसीबी प्रयोग गरी १५ वटा घर, छाप्रो र घुम्ती तथा ३ वटा तरकारी पसल हटाइएको हो । डिभिजन वन कार्यालयको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यवसायीसँग केहीबेर विवाद भएको थियो ।

त्यहाँ व्यवसाय गर्ने मेचीनगर १३ की ३६ वर्षीया अनिता तामाङले प्रगति सामुदायिक वनका अध्यक्ष विकास निरौलालाई कालोमोसो दलेकी थिइन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पूर्वपश्चिम राजमार्ग विस्तार हुँदा केही व्यवसायीहरुले राजमार्गसँग जोडिएको वन क्षेत्रमा आफ्नो व्यवसाय सारेका थिए । पछि अन्य व्यवसायीहरु थपिएर वन क्षेत्र अतिक्रमण भएको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले बताएका छन् ।

खाली गराइएको वनक्षेत्र आज नै घेरावारा गरिसकिएको छ । त्यहाँ बृक्षरोपण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
92
सम्बन्धित

लोकप्रिय

लोकप्रिय