मुकुम्लुङमा बल प्रयोग गरिए प्रतिरोध हुन्छ: प्रचण्ड

बिर्तामोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथिभरा क्षेत्र (मुकुम्लुङ)मा बल प्रयोग गरिए प्रतिरोध हुने बताएका छन् ।

आज दमकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो धारणा राखेका हुन् । ‘पाथिभरा क्षेत्र (मुकुम्लुङ)मा जे समस्या चलेको छ, मैले अस्ति भर्खर सदनमा पनि बोलेको छु,’ उनले भने, ‘ यो समस्याको समाधान सरकारले बल प्रयोग गरेर, प्रहरी प्रयोग गरेर, मान्छेलाई गोली हानेर गर्न खोजियो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, यसलाई वार्ता, संवाद र समझदारीको माध्यमबाट हल गरिनु पर्दछ ।’

धार्मिक र सांस्कृतिक महत्वको स्थललाई समझदारीको माध्यमबाट अगाडी बढाउनुको सट्टा बल मिच्याई गरियो भने त्यसको प्रतिरोध हुने र माओवादी केन्द्र त्यो प्रतिरोधको साथमा हुने उनले चेतावनी दिए ।


कार्यक्रममा मुकुम्लुङ संरक्षण समिति झापाका अध्यक्ष हिमालय कन्दङवाको नेतृत्वमा रहेको समितिले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
107
सम्बन्धित

लोकप्रिय

लोकप्रिय