उज्वेकिस्तानको ब्ल्याक बुल्सले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । पहिलो पटकको सहभागितामै उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ।

सर्वाधिक सफल विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले उपाधि जितेको हो। पुलिस यसअघिका ६ संस्करणको विजेता टोली हो।

खेलको ४० औं मिनेटमा ब्ल्याक बुल्सका कुभोनचबेक ओलिनोभले पहिलो गोल दर्ता गराए। ५८ मिनेटमा असिलबेक ओरिफजोनोभले अर्को गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्‍याए। साभकातजोन सात्तोरोधले ६६ औं मिनेटमा गोल गर्दै थप अग्रता दिलाए। पुलिसको तर्फबाट शिशिर चौधरीले ७४ औं मिनेटमा सान्तवना गोल फर्काएपनि थप गोल हुन नसक्दा उपविजेतामा सीमित भएको छ।


सहारा क्बल पोखराले आयोजना गरेको २४ औं संस्करणको उपाधि जितेर पुलिस सर्वाधिक सात पटकको विजेता बन्न चाहान्थ्यो। तर, पहिलो पटक सहभागि बनेको ब्ल्याक बुल्सले इतिहास रच्यो।

उपाधिसँगै ब्ल्याक बुल्सले १२ लाख १ हजार हात पारेको छ। उपविजेता पुलिस ६ लाख १ हजार रुपैयामा चित्त बुझाउन बाध्य भयो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
270
सम्बन्धित

लोकप्रिय

लोकप्रिय