बिर्तामोड । सातामा नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँ बढेको छ ।
माघ २५ देखि फागुन २ गतेसम्मको अवधिमा छापावाल सुनको मूल्य वृद्धि हुँदै १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।
अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ थियो ।
![](https://khabarkheti.com/wp-content/uploads/2025/02/Ad_bhadrapur_Goldcup.gif)
जबकि हिजो शुक्रबार सुनको मूल्य बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।