झापा । मोरङको बेलबारीमा नाबालिका छोरीसहित पोखरीमा हामफालेकी महिलाको उद्धार गरिएको छ। उद्धार गरेर उपचारका लागि पठाइएपनि छोरीको भने मृत्यु भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीका अनुसार बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित माछा पोखरीमा हामफालेकी थिइन्।
घटना शुक्रबार साँझको हो। नाबालिका छोरीलाई लिएर निस्किएकी प्रीतिले घरदेखि करिब १ किलोमिटर उत्तरमा रहेको पनैलाल चौधरीको माछा पोखरीमा हामफालेको प्रहरीको भनाई छ ।
![](https://khabarkheti.com/wp-content/uploads/2025/02/Ad_bhadrapur_Goldcup.gif)
हामफालेको देखेपछि स्थानीयले पोखरीबाट उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा पठाएका थिए। अस्पताल पुर्याउनसाथ शसक्रबार बेलुकै शिशुलाई भने चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।
उनको आमाको पनि अवस्था गम्भीर छ। आईसीयूमा राखेर उपचार भइरहेको छ। प्रहरीका अनुसार अनुसार शिशुसहित आमाले पोखरीमा हामफाल्नुपर्ने कारण पत्ता लागेको छैन।