गाडी चोरेर भागेका मन्तोष पेट्रोल सकिएपछि समातिए

विराटनगर । विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुम छ ।

कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा एक व्यक्ति छिर्छन् । शोरुमा रहेको एउटा मात्रै गाडीमा सामानहरू हाल्छन् । त्यसपछि शोरुमको सिसा फुटाउँछन् र, गाडी लिएर उनी निस्कन्छन् । यो घटना शोरुम सञ्चालकले शुक्रबार बिहान मात्रै थाहा पाउँछन् । त्यसपछि उनी नयाँ गाडी चोरिएको भन्दै बिहान करिब ९ बजे प्रहरीलाई खबर गर्छन् ।

गाडी चोरी भएको खबर पाएसँगै प्रहरीले खोजी तथा अनुसन्धान कार्य अघि बढाउँछ । शुक्रबार दिउँसो सुनसरीमा शंकास्पद अवस्थामा गाडी रहेको खबर प्रहरीले पाउँछ । सूचना पाएलगतै प्रहरी टोली गढी गाउँपालिका– ५ को भित्री सडक खण्ड पुग्छ । जहाँ शोरुमबाट हराएको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी फेला पर्छ ।

स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले कार र चोरीमा संलग्न गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको छ ।

फोक्स बगान कम्पनीको शोरुम, जहाँबाट नयाँ गाडी चोरी भएको थियो । प्रहरीका अनुसार मन्तोषले शोरुमबाट चोरी गरेको नयाँ गाडी भारत तर्फ लैजान खोजेका थिए । तर, पेट्रोल सकिएकै कारण अघि बढ्न नसक्दा उनी पक्राउ परेका हुन् ।

गाडीसँगै चाबी पनि राख्ने गरिएका कारण कार चोरी भएको प्रहरीले बताएको छ । चोरी भएको कारको मूल्य ८० लाख पर्छ ।

मोरङ प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर हेमराज ओलीका अनुसार पक्राउ परेका बिनमाथि आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको छ । अनलाइनखबरबाट

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
136
सम्बन्धित

लोकप्रिय

लोकप्रिय