काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका-१ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
नवजन्म पुनर्स्थापना केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको बाराका एसपी सन्तोष तामाङले बताए ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-९ घर भएको प्रदीप प्रसाद मण्डल ‘धिरेन्द्र’ छन् ।
![](https://khabarkheti.com/wp-content/uploads/2025/02/Ad_bhadrapur_Goldcup.gif)
हत्यामा संलग्न आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
सुधार गृहका कर्मचारी र त्यहाँ राखिएका ७ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको एसपी तामाङले जानकारी दिए ।