झापा । सुनसरी बराहक्षेत्रका एक व्यक्तिको सुतेको ठाउँमै मृत्यु भएको छ ।
बराहक्षेत्र –१ खारखोला बेलडाँडा बस्ने ३२ वर्षीय सागर राई बेलुका खाना खाई आफ्नै टिनको छानो टिनकै टाटीबेरा भएको एकतले घरमा श्रीमती र २० महिनाको छोरासंगै सुतेकोमा बिहान मृत फेला परेका हुन् ।
हिजो बिहान ६ बजे उनकी श्रीमती २२ वर्षीया बबिता गुरुङले उठाउँदा उनको मृत्यु भइसकेको थियो ।

इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।