२ युवती सहित ९ जुवाडे पक्राउ

धनगढी। कैलालीको धनगढीबाट बिहीबार राती साढे ११ बजे २ युवती सहित ९ जुवाडे पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–४ मा डडेल्धुराको आलिताल गाउँपालिका – ३ की २८ वर्षीय पूजा खड्काले सञ्चालन गरेको होटेल सोल्टीबाट जुवाडे पक्राउ परेका हुन ।

गोप्य सूचनाको आधारमा प्रहरीले होटेलमा छापा हान्दा होटेल सञ्चालिका पूजा खड्का, सहित डडेल्धुराकै आलिताल गाउँपालिका – ७ का ४० वर्षीय गणेश थापा, अजयमेरु गाउँपालिका – ३ का ३७ वर्षीय ईश्वर पाण्डे, बैतडीको सिगास गाउँपालिका – ३ की २५ वर्षीय हिमा धामी, पुर्चौडी नगरपालिका – ८ का ५५ वर्षीय कालु सिंह धामी, पाटन नगरपालिका – ४ का ४१ वर्षीय सुरेन्द्र ऐर, कैलालीको गौरीगंगा नगरपालिका – ९ का ४१ वर्षीय लक्ष्मण खड्का, बझाङको थलारा गाउँपालिका – ३ का ३० वर्षीय मीन बहादुर भण्डारी र दुर्गाथली गाउँपालिका – ८ का ४३ वर्षीय सुरज दौल्याल पक्राउ परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १ लाख ९७ हजार ६७२ रुपैयाँ र २ गड्डी तास बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
173
सम्बन्धित

लोकप्रिय

लोकप्रिय