बिहेको १२ घण्टामै बेहुलाको मृत्यु, मिठाई किन्न गएका सतीशको दुर्घटनामा ज्यान गयो

भारतको उत्तर प्रदेशस्थित बरेली जिल्लामा नवविवाहित युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ। विवाहको १२ घण्टाभित्रै बेहुला सतीशको निधन भएपछि परिवारमा हर्षोल्लासको माहोल एकाएक शोकमा परिणत भएको छ।

हालै उनले मिरगञ्जको संग्रामपुर गाउँकी स्वातीसँग विवाह गरेका थिए । दुवै परिवारमा हर्षोल्लासका साथ मनाइँदै थियो । सबै अनुष्ठान सकिएपछि बेहुलीलाई बिदाइ गरेर सम्पूर्ण परिवार घर पुगेका थिए । त्यसपछि राति केही आफन्तको बिदाईका लागि मिठाई ल्याउन भनिएको थियो । यसपछि दुलहा सतीश आफैं साथीहरूसँग मिठाई किन्न गएका थिए । तर बाटोमा दुर्घटना भयो र सतीशको शव घर पुग्यो ।

सतीश आफ्ना काका सचिन, साथी विजनेश, रोहित र अन्य एक व्यक्तिसँग कारमा शहरतर्फ गएका थिए। तर, इज्जतनगर प्रहरी चौकी इलाकामा पुग्दा तीव्र गतिमा रहेको कार अनियन्त्रित भई सडक छेउमा रोकिराखिएको ट्रकमा ठोक्किएको थियो। सोही क्रममा सतिश र विजनेशको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार जना गम्भीर घाइते भएका थिए।

यो खबर सुन्नासाथ बेहुली बेहोस् भएकी थिइन् भने परिवारमा मातम छाएको छ। विवाहको खुसीयालीको माहोल एकाएक शोकमा परिणत भएपछि गाउँ नै स्तब्ध बनेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
4
262
सम्बन्धित

लोकप्रिय

लोकप्रिय