भगवती माविको ६२ औं वार्षिकोत्सवः अवकाश शिक्षकसहित ६ जना सम्मानित

शिवसताक्षी । झापा शिवसताक्षी ७, व्याङ्गडाँडा स्थित श्री भगवती माध्यमिक विद्यालयले ६२ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले वार्षिकोत्सव कार्यक्रमकै अवसरमा पारेर एक अवकाश प्राप्त गरी ४ जना शिक्षकहरुलाई सम्मान गरेको छ ।

विद्यालयमा लामो समय अध्यापन गराई अनिवार्य अवकास प्राप्त नारादमणि न्यौपानेलाई विद्यालयले सम्मान गरेको विद्यालयका प्रअ रमेशकुमार दाहालले जानकारी दिए । त्यस्तै विद्यालयले स्वच्छिक अवकास लिएका गोरखमान पौडेल, निजी स्रोतबाट अध्यापन गराउने सुष्मा सापकोटा र अञ्जु पौडेललाई पनिसम्मान गरेको छ ।

विद्यालयले शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष मणीप्रसद खड्का, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बुद्धिप्रसाद लक्समलाई पनि सम्मान गरेको प्र.अ. दाहालले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि झापा क्षेत्र नं. ४ (ख)का प्रदेश सांसद भक्तीप्रसाद सिटौलाले विद्यालयमा शैक्षिक गुणस्तर र विद्यार्थीहरुको हितमा काम गर्ने हो भने, विद्यालयमा गठन गरिएको राजीतिक दलका संगठन खारिज गर्नु पर्ने बताए । उनले आफुले पनि विद्यार्थी कालमा राजीतिक गरेको सम्झदै भने, राजनीतिक स्कुलिङबाट आएको व्यक्ति शिक्षक बन्दा कही कही पार्टीको झोला बोकेर विद्यालय छिर्ने र विद्यालयमा राजीतिक सुरु गर्ने प्रचलन रहेको जिकिर गरे । उनले भने, मैले पनि विद्यार्थी राजीतिक गरेको आज पश्चताप महशुष गरेको छु । त्यो बेला पार्टीको राजीतिक साथीहरुलाई सिकाए त्यो गलत रहेछ ।

उनले शिक्षकहरुप्रति लक्षित गर्दै भने, विद्यालयमा राजीतिक गर्ने हो, भने शिक्षाको गुणस्तर बृद्धिका लागि गर्नुहोस्, । विद्यालयको भौतिक, आर्थिक विकास लागि गर्नुहोस् । एउटा अबोध बालबालिका जुन शिक्षा पहिलो खुड्किलोलागि विद्यालय प्रवेश गर्छ । त्यस्ता विद्यार्थीहरुमाथि राजनीतिक नगर्न नगराउन उनले सुझाब दिए । कार्यक्रममा विद्यालयले विभिन्न शिर्षकमा राखिएका छात्रबृत्ती तथा अक्षयकोष वितरण गरेको छ ।

विद्यालयमा स्थापना गरिएको रोजिन भण्डारी स्मृति शिक्षा प्रोत्सहान पुरस्कारबाट कक्षा ५ र ७ उत्कृष्ट तीन विद्यार्थीलाई जनही ५१ सयका दरले पुरस्कार प्रदान गरिएको छ । त्यस्तै टिकाराम खड्का स्मृति अक्षयकोद्वारा बार्षिकोत्सवमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम उत्कष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ । बलबहादुर अधिकारी र पवित्रादेवी अधिकारीको स्मृतिमा प्रोत्सहान पुरस्कार स्वरुप कक्षा ११ का उत्कृष्ट विद्यार्थीलाई जनही २५ सयका दरले पुरस्कार वितरण गरिएको थियो । त्यसैगरी स्व. पुष्पलाल खतिवडा तथा गंगादेवी खतिवडा शैक्षिक पुरस्कार राशी २०८० सालको एस ईई परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गरी हाल कक्षा ११ मा अध्ययन गर्ने ५ जना विद्यार्थीहरुलाई जनही १० हजारका दरले पुरस्कार राशी प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले जातिय भेदभाव र बालविवाह विरुद्ध नाटक मञ्चन गरेका थिए । बार्षिकोत्सवको अवसरमा विद्यालयका शिक्षिका तथा विद्यार्थीहरु उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्व अध्यक्षहरु, सामाजिक व्यक्तित्वहरु, अभिभावकहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
41
सम्बन्धित

लोकप्रिय

लोकप्रिय