मेचीनगर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा

बिर्तामोड । मेचीनगर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकामाथि ३-० गोलको जित नकिाल्दै मेचीनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको तेस्रो क्वाटर फाइनल खेलमा पहिलो हाफमा २ र अन्तिम हाफमा १ गोल सम्भव भएको थियो । खेलमा सुरुवाती गोल वर्षा ओलीले मेचीनगरका लागि गरेकी थिइन् ।

खेलको १२औँ मिनेटमा गोल गरेकी वर्षाले २५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी हुन् । यसैगरी, खेलको ५१औँ मिनेटमा नयन राईले मेचीनगरको लागि तेस्रो गोल गरिन् ।

खेलमा दुई गोल गरेकी वर्षा ओली प्लेयर अफ दी म्याच बनिन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् । भोलि (बिहीबार) अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकाले भद्रपुर नगरपालिकाले प्रतिस्पर्धा गर्नेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । बिर्तामोड नगर खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय