झापा । झापाका करिव ४७ हजार किशोरीहरुले पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाएका छन् ।
५४ हजार ९७९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ४६ हजार ९६९ जना किशोरीहरुले एचपीभी खोप लगाएका हुन् । जुन प्रगति प्रतिशत ८५.४३ हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ७५४ र विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ४४ हजार २१५ जना किशोरीलाई एचपीभी खोप लगाइएको हो ।
विद्यालयमा अध्ययनरत अधिकांश किशोरीहरुले खोप लगाएपनि विद्यालय बाहिर रहेका धेरैले खोप लगाएका छैनन् । विद्यालय बाहिर रहेका जिल्लाका ८ हजार ४०५ जनामध्ये २ हजार ७५४ जनाले मात्र खोप लगाएको तथ्यांकले देखाएको छ । जुन ३२.८ प्रतिशत हो । तर, विद्यालयमा अध्ययनरत ४६ हजार ५७४ जनामध्ये ४४ हजार २१५ जनाले खोप लगाएका छन् । जुन ९४.९ प्रतिशत हो ।
माघ २२ गते विश्व क्यान्सर दिवसका दिनदेखि माघ २९ गतेसम्म एचपीभी खोप अभियान जिल्लाभर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए ।