आज एकैदिन तोलामा २७ सयले घट्यो सुनको भाउ

झापा। बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ७० हजार २ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि यस दिन नेपाली बजारमा प्रभाव परेको हो ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
83
सम्बन्धित

लोकप्रिय

लोकप्रिय