आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । गुल्मीमा आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु भएको छ। धुर्कोट गाउँपालिका- ७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मंगलबार राति ९ः३० बजेतिर घरमा आगो ताप्ने क्रममा जलेर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

अविवाहित गिरी भाइसँग बस्दै आएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको दाहालले बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
63
सम्बन्धित

लोकप्रिय

लोकप्रिय