झापा। लागूऔषध ब्राउनसुगरसहित झापा अर्जुनधारा ५ बस्ने २१ वर्षीय अनिश ठकुरी पक्राउ परेका छन् ।
मंगलबार दिउँसो ४:३० बजे झापा गाउँपालिका वडा न.५ पन्थापाडाको राजवंशी टोलमा भारतबाट नेपालतर्फ साइकलबाट आउँदै गरेका ठकुरीलाई शंका लागेर चेकजाँच गर्दा उनको ज्याकेटको गोजीमा राखी लुकाई राखेको प्लाष्टिकसहित १ ग्राम ०६ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिएका छन् ।