डोमालाल रंगशाला वरपरका संरचना हटाउन नगरपालिकाको अल्टिमेटम

बिर्तामोड । बिर्तामोड नगरपालिकाले डोमालाल राजवंशी रंगशाला रहेको देवी गुठीको जग्गालाई सुरक्षित गर्न घेराबारा गर्ने भएको छ ।

नगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरी उक्त जग्गालाई घेराबारा गर्न लागिएको जनाएको हो ।

नगरपालिकाले उक्त जग्गा वरपर बनेका घर टहरा र संरचना हटाउनुपर्ने जनाउँदै ३५ दिनका लागि सूचना पनि जारी गरेको छ ।

३५ दिनभित्र नहटाए नगरपालिका आफैँले कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिहरुबाटै असुलउपर गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
60
सम्बन्धित

लोकप्रिय

लोकप्रिय