अन्तरपालिका महिला फुटबल: झापा गाउँपालिकाको पोष्टमा अर्जुनधाराको १६ गोल

बिर्तामोड । अर्जुनधारा नगरपालिकाको टिमले अप्रत्यासित नतिजा निकाल्दै झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको दोस्रो क्वाटर फाइनल खेलमा झापा गाउँपालिकाको टिममाथि १६-० गोलको वर्षा गर्दै अर्जुनधाराले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यो जितसँगै अर्जुनधाराले उपाधिमाथि दाबेदारीसमेत प्रस्तुत गरेको छ ।

एक पक्षीय खेलमा अर्जुनधाराका लागि जेनिफर मगर एक्लैले ५ गोल गरिन् । यस्तै, मेनुका मगरले पनि ह्याट्रिक पूरा गरिन् । सुरुवाती गोल जेनिफरले खेलको ६ मिनेटमै गरेकी थिइन् । उनले खेलको ४०औँ मिनेटसम्म ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो गोल १३ मिनेटमा गरेकी जेनिफरले फेरि ३८ र ४६औँ मिनेटमा थप गोल गरेर अहिलेसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा नाम दर्ता गराएकी छन् ।

पहिलो खेलमा पनि जेनिफर एक्लैले दमक नगरपालिकाविरुद्ध ५ गोल गरेकी थिइन् । यसैगरी, मेनुकाले खेलको ११, ३५ र ५५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । कुसुम खतिवडा, मञ्जली कुमारी योञ्जन र मन्जिला योङहाङको नाममा समान २२ गोल दर्ता भएको छ । अर्जुनधाराका लागि कुसुमले खेलको १७ र १९औँ, मञ्जलीले ३४ र ३६औँ तथा मन्जिलाले खेलको ४२ र ५२औँ मिनेटमा गोल गरेकी हुन् ।

यस्तै, रेनु लिम्बूले खेलका ४५औँ मिनेटमा गोल गरेकी थिइन् भने एक गोल आत्मघातीस्वरुप उपहार मिलेको थियो । अर्जुनधाराकी कुसुम खतिवडा प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् । भोलि कमल गाउँपालिकाले मेचीनगर नगरपालिकासँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
101
सम्बन्धित

लोकप्रिय

लोकप्रिय