जलथल एफसी लिम्बूनी ठूली स्मृति कपको सेमिफाइनलमा

झापा । जलथल एफसी अर्जुनधारा ३ स्थित खुदुनाबारीमा जारी स्व लिम्बूनी ठूली स्मृति कप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय कैदले प्राकृतिक रंगशालामा आज भएको तेस्रो क्वाटर फाइनल खेलमा बेलडाँगी एफसी दमकलाई ३-१ गोलअन्तरले पराजित गर्दै जलथले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

दुवै टिमको गोल दोस्रो हाफमा सम्भव भएको हो । सुरुवाती गोल जलथलका रोशन आङदेम्बेले गरेका हुन् । दोस्रो हाफमा दमकका नियमित गोलरक्षक पर्शुराम चौहानको स्थानमा सुरज विकलाई मैदान प्रवेश गराएपछि गोल भएको थियो । यसैगरी, जलथलका रक्षक रोशन धिमालले फ्रिकिकमार्फत २ गोल गरे ।

दमकका लागि भने खेलको अन्त्यतिर मनोज शेर्पाले सान्त्वना गोल गरेका हुन् । जलथलका रोशन धिमाल खेलको प्लेयर अफ दी म्याच बन्दै नगद ३ हजार ५ सयसहित ट्रफी पाउन सफल भए । वर्षौंअघि भुटानी शरणार्थी शिविरमा बस्दै आएकी लिम्बूनी ठूलीको स्मृतिमा च्यारिटी युथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो । लिम्बूनी ठूलीको नामले परिचित आइतमाया सुब्बाको गतवर्ष पुनर्वासका क्रममा अमेरिका गएपछि निधन भएको थियो । उनका छोरा बाबी सुब्बा र परिवारले स्मृति कपका लागि प्रायोजन गरेका हुन् । बाबी सुब्बा यतिबेला पुनर्वासका क्रममा अमेरिकामा रहँदै आएका छन् । दिवंगत आमालाई अर्जुनधारा खुदुनाबारीबासीमाझ जिवन्त राख्दै नेपाली फुटबलको विकासमा सानो सहयोग गरेको उनको भनाइ छ । बाबी आफैँ पनि फुटबल खेलाडी र प्रशिक्षकसमेत हुन् ।

भोलि बुधबार धुलाबारीको रोलिङ क्लबले पकली सुनसरीको एपीएफ टिमसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँ पाउने आयोजक समितिका संयोजक सूर्य इम्बुङले बताए । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
170
सम्बन्धित

लोकप्रिय

लोकप्रिय