“यस कृति भित्रका त्रिचालीस कविताहरुको रचनाकाल हेर्दा जनयुद्ध र क्षेत्रीय द्वन्द्वकाल देखि कोरोना काल सम्मको सिमा प्रष्ट हुन्छ। ’’
गणितीय चिन्हको कवितामा प्रयोग गरेर बाँच्नुको अर्थ निस्सार खोज्ने कवितामा पाई चिन्ह समेत प्रयोग गरेर कविता दुरुह बनाउने आइन्स्टाइन कवि थेगुवा पेशाले शिक्षक हुन् । नामको पछाडि उपनाम अभागी जोडेका कविलाई पछि यो आफ्नै काव्यिक नाम तेत्ती मन परेको छैन । सामाजिक संजालमा मन थेगुवा लेख्छन् । यो उनको दोश्रो कविता कृति हो। झापाको अति सुन्दर उर्जाशिल भुमी सालबारिमा कछुवा हेर्दै सखुवाको जङ्गल चहार्दै झापा आन्दोलनमा सहादत पाँच सहिदसँग वार्तालाप गर्दै बाँचिरहेको कवि एक भाग्यमानी अभागी कवि हुन।
याकथुङ सभ्यताको दमन विरुद्ध नो केवलकार चलिरहेको समयमा काठमाडौलाई खबर कविता लेखेर राज्यले बहुसाँस्कृतिक बहुजातीय राज्यको मौलिकता जोगाउन हरेक जातिको आफ्नो साँस्कृतिक अघिकारको रक्षा राज्यले गर्नुपर्ने हुन्छ भन्ने तीखो आवाज बुलन्द गर्ने थेगुवा एक समतावादी साँस्कृतिक कवि समेत हुन।
यस कृति भित्रका त्रिचालीस कविताहरुको रचनाकाल हेर्दा जनयुद्ध र क्षेत्रीय द्वन्द्वकाल देखि कोरोना काल सम्मको सिमा प्रष्ट हुन्छ। अधिकांश कविताले मानवीय जीवनको बिसङ्गती, व्यथा, अभाव, दारुण अवस्था, मान्छेको आफ्नै सपनाको हत्या, आफ्नै पेशाप्रति वितृष्णा असन्तुष्टि राजनैतिक विकर्षण पछि पनि जीवनलाई जसरी पनि घिसारेर बाँच्नु पर्ने बाध्यात्मक अवस्था भुईमान्छेको अन्योलता राज्यले अनाहकमा दिएको यातना तमाम बिकृतीलाई काव्यिक थिम बनाएका छन् । केही कविताहरु गणितीय शुत्रको प्रयोग गरेर लेखेका छन्। शब्दले किफायती छन् ती कविता। पृथक लाग्छन्। तथापि ज्यादा प्रयोगमा सचेतता राख्नु अनिवार्य छ। कविका कति बिम्ब प्रतीक दोहोरिएका छन् धेरै कविता पढी सक्दा नि झण्डै उस्तै होकि भान हुन्छ।
धार्मिक प्रोफेटहरु बुद्ध मोहम्मद क्राइस्ट फाल्गुनन्द लेप्मुहाङ शिव ब्रह्मा अनेक पटक पुनरावृत्ति हुन्छ। याकथुङ मिथिकल पात्रहरू कविको अति प्रिय र आदरणीय छन। मिथकिय पात्रको प्रयोगमा सघनता छ। यद्यपि काव्यिक पृथकतालाई शक्तिशाली बनाउन पुनरावृत्ति र समानताको भुमिकाले ज्यादा निर्वाह नगर्न सक्छ। ऐतिहासिक लिम्बुवानि वीर काङ्सोरे समेत बग्रेल्ति छ। अलिक घनघोरसँग आउनु पर्छ ऐतिहासिक पात्रले जुन आफ्नो भुमिकासहित आवोस्। कविताको हरफहरुले आफ्नो कुरा भनोस्। नभनी नजावोस्। पङ्ति लामो हुनुसँग कवि झस्किनु हुन्न।
“अभागी थेगुवा आफ्नै जिन्दगी निचोरेर झोल पार्छन् र असन्तुष्ट छन्। मान्छे अभावले पागल भनाइन सक्छ कवि सत्य खोल्छन्। तरेमाको प्रेमिल स्मृतिले खुब नोस्टाल्जिक हुन्छन् । यो कविता समेत औधी तारिफ गरिएको प्रेमको कौतुहल जगाउने भद्र सालिन कविता हो। छुटेर गैगएको जिन्दगीसँग मीठो सम्झना हुन्छ कविसँग जो हरेकसँग हुन्छ। अरुको हो जस्तो लेख्नु गजब लेख्नु हो।’’
कविले भोगेको जनयुद्ध र क्षेत्रीय आन्दोलनको त्रासद चित्र कविताले बोकेर बसेको छ। कवि हरेक कविताको कुनै एक श्लोकमा युद्धको बिम्ब जबर्जस्त जोड्छन्। यतिसम्मकी ईश्वरसित आफू हार्ने युद्ध चाहन्छ कवि। यस्तो फिक्सिङ युद्ध कविले किन चाहेको हो उनिमाथि प्रश्न सोझिन्छ नै। युद्ध मानवताविरोधी हो भन्नेमा उनी स्पष्ट छन्। घोडाको जिन्दगीलाई मान्छेको पराधिन जिन्दगीसँग जोखेर हेरेका छन् यो कविता युद्ध कवि नरेश काङ्माङलाई औधी मन पर्छ मान्छेको जिन्दगी राज्यसत्ताको मिचाईमा घोडामा परिणत भएको छ तर पनि मुक्तिको खातिर हिडिरहनु छ ।
आफ्नै शिक्षण पेशाप्रति समेत बितृष्णा छ कविलाई। नकारात्मक भाइब्सको अधिक्ता प्रष्टिन्छ कविको जीवनमा। नयाँ नेपालप्रतिको नेगेटिभ उर्जा छ उनमा सायद बर्तमान राजनीतिको खराब प्रभावले होकि नत्र संघीयता लोकतान्त्रिक पद्धतिसँग नै वैपरित्य हामिले राख्नु हुन्न। यिनी जुनसित कल्पनामा डुबुल्की मार्ने कवि पनि हुन् । मानिसले त्यागमा आफ्नो जिन्दगी अरुकोलागि पनि बाँच्न सक्छ ठान्दै निस्सार जिन्दगी लेख्छ कवि। कोहि केवल मृत्युको निम्ति बाँच्छ। सत्तामा हुनेहरु हैकमले अरुलाई दमन गरेर बाँचिरहेको विसङगत पक्षको उजागर गर्छन्। यो देश बनाउन असल सन्तान खोज्छ कवि। रेमिटान्सले आर्थिक प्रगति भएपनि पारिवारिक बेमेल छ बेखुस छ परिवार कविको दाबी छ। अघि बढ्नेहरु अरुको सपना टेकेर नउभिनु सल्लाह दिन्छन्। अभागी थेगुवा आफ्नै जिन्दगी निचोरेर झोल पार्छन् र असन्तुष्ट छन्। मान्छे अभावले पागल भनाइन सक्छ कवि सत्य खोल्छन्। तरेमाको प्रेमिल स्मृतिले खुब नोस्टाल्जिक हुन्छन् । यो कविता समेत औधी तारिफ गरिएको प्रेमको कौतुहल जगाउने भद्र सालिन कविता हो। छुटेर गैगएको जिन्दगीसँग मीठो सम्झना हुन्छ कविसँग जो हरेकसँग हुन्छ। अरुको हो जस्तो लेख्नु गजब लेख्नु हो।
आमाको महिमा अपार भएको स्वीकार्छन् । आफ्नो बितेको बाजेलाई सम्झेर बाल्यकालको सुरुङमा छिरिजान्छन् कवि।राजाको कर्तुत देखेर आफू राजा नहुने इच्छा उमारेको स्वीकार्छन् । कविले राजालाई अस्वीकार्य गर्छन्। समय परिवर्तन सँगै मुर्ती तोडफोडप्रति कविको बिमती छ। स्थानीक सांस्कृतिक चैतन्य कविको हृदयमै बसेको छ। कोरोना आतंक र भुईमान्छेको दुखप्रति कवि समवेदित छ।
अभागिको काव्यिक अमुर्ततालाई मुर्ततातिर रुपान्तरित हुनु पर्छ भन्ने पाठकिय बैचारिकिको साथ काव्यिक भविष्यको शुभकामना ! एउटा अथक कविताको साधक भूइँ मान्छेको कवि अभागी थेगुवालाई।