ग्वाटेमाला भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

ग्वाटेमाला शहरमा सोमवार ७५ जना बोकेको बस खोलामा खस्दा कम्तिमा ५१ जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एल रान्चो गाउँबाट यात्रा गरिरहेको गाडीले कारलाई ठक्कर दिँदै २० मिटर गहिरो खोलामा खसेको थियो ।

ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले दुर्घटनामा मानवीय क्षति भएकोमा दुःख व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरे।

उनले विपद् न्युनिकरणका लागि राष्ट्रिय संयोजकलाई घटनास्थलमा उपस्थित हुन र घाइतेहरूको लागि विशेष चिकित्सा हेरचाह मापदण्ड सक्रिय गर्न निर्देशन दिएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
193
सम्बन्धित

लोकप्रिय

लोकप्रिय