कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका १२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

सोमबार साँझ पौने ८ बजे तिर भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सुपप्र ०१०१२ प ९२४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युत् पोलसँग ठोक्किएर दुर्घटना हुँदा भीमदत्त नगरपालिका १३ का २१ वर्षीय कैलाशसिंह साउद र २२ वर्षीय गणेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
184
सम्बन्धित

लोकप्रिय

लोकप्रिय