काठमाडौं । केही महिनादेखि आन्दोलित दलित अभियन्ता खगेन्द्र सुनार सोमबार पक्राउ परेका छन् ।
अन्तरजातीय विवाहित जोडी सत्येन्द्र राम र नेहा रौनियारका लागि न्याय माग्दै सोमबार दिउँसो संसद् भवन प्रवेश गर्न खोज्दा उनलाई पक्राउ गरिएको हो ।
घाँटीमा नेल लगाएर संसद् भवन प्रवेश गर्न खोज्दा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खगेन्द्रलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसअघि पनि खगेन्द्रले ‘दलितलाई खै’ अधिकार भन्दै खुट्टामा नेल लगाएर माइतीघर प्रदर्शन गर्दै आएका छन् ।