बिर्तामोडलाई पराजित गर्दै कनकाई महिला फुटबलको सेमिफाइनलमा प्रवेश

बिर्तामोड । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकनई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

आज भएको पहिलो क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकाकि स्वस्तिका बिकले खेलको ५ मिनेटमै गोल गरेर अग्रता दिलाएकी थिइन् । यस्तै, समीक्षा मगरले २०ओँ मिनेटमा गोल गरेर कनकाईको अग्रता दोब्बर बनाइन् ।

समिक्षाले गोल गरेको १ मिनेट नबित्दै पूर्णिमा राईले गोल गरेर ३-० गोलको अन्तर निकालिन् । खेलको ४३ओँ मिनेटमा थप गोल गर्दै पूर्णिमाले व्यक्तिगत दुई गोल गरिन् । उनी प्लेयर अफ दी म्याच बनिन् ।

भोलि अर्जुनधारा नगरपालिकाले झापा गाउँपालिकासँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
228
सम्बन्धित

लोकप्रिय

लोकप्रिय