सीआईडी हौं भन्दै रकम असुल्ने २ जना पक्राउ

रूपन्देही । कपिलवस्तुमा आफूलाई प्रहरीको सीआईडी भन्दै ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका-२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा पक्राउ परेका हुन् ।

उनीहरू आफूहरू इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको बताउँदै एक स्थानीयको घर खानतलासी गर्नुपर्छ भनी १७ हजार रूपैयाँ असुलेर फरार भएका थिए ।

कपिलवस्तु प्रहरी टोलीले वाणगंगा नगरपालिका-२ राजपुरस्थित खेलमैदानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । हिरासतमा रहेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
129
सम्बन्धित

लोकप्रिय

लोकप्रिय