रबिकिरण बान्तवा ।
नायिका ऋचाशर्मा अभिनित चलचित्र सारंग गत शुक्रबारदेखि देशैभरका हलहरुमा प्रर्दशन भइरहेको छ । बालमनोबिज्ञानको जगमा टेकेर अन्य संरचनाहरु खडा गरिएको चलचित्रलाई दर्शकहरुले राम्रै साथ दिइरहेका छन् । कोरियोगाफर राम्रै पहिचान बनाएका प्रशान्त तामाङको लेखन तथा निर्देशन रहेको उक्त चलचित्र कस्तो छ त ?
…आउनुहोस बिषय वस्तुमा प्रवेश गर्नु पूर्व स्पोइलर नगरीकन एउटा कथा तपाईलाई सुनाउछु ।
यो कथा बर्तमान परिवेशको कृष्ण र सुदामा को हो । बाँसुरी बजाएर गोपिनीहरुलाई मन्त्रमुग्ध पार्ने कृष्णाको वाल्यअवस्था, यतिबेला उ पारिवारिक अभाव र गरिबीकोे भुमरीमा फसेको छ । धन बटुल्न शहर छिरेका उनका पिता र उ सानो टहरामा घामपानी र रात छल्दै गल्ली गल्ली र भिडहरुमा बाँसुरी कै व्यापार गरिरहेका छन् ।
ती नै गरिब कृष्णाको टहरा अगाडी बिशाल राजमहल ठडिएको छ । त्यस महलमा राजा रानी र राजकुमारको बास हुनु पर्ने हो, तर अपसोच रानी र राजकुमार मात्र बस्छन् । राजा र रानीबिच उत्पन्न शंकाहरुले उनीहरुको संबन्ध डिवोर्सको तयारीसम्म पुगेको छ । राजकुमारको इच्छा छ कि,उनको मातापिताको संबन्ध सुध्रियोस र पुनः पहिलाझै प्रेमका बास्नले महल नै सुगन्धित बनिरहोस । उसंग भौतिक सुखसुबिधा सबै छ तर शून्य र एक्लो छ । माता र पिताबिचको टकरावले उ बिचलित बनेको छ । उमेरसंगै उत्पन्न उ भित्रका भावना र बैचारिक बिचलनहरु सुनिदिने कोहि पनि नभएको उ महशुस गरिरहन्छ ।
पुजाकोठामा बाँसुरी बजाइरेको भगवान कृष्णाको मुर्तिलाई देखाउदै राजकुमारले रानीलाई प्रश्न गर्छ ‘कृष्णा भगवानले किनबासुरी बजाइरहेको माता?’ संगितप्रति लगाव भएका राजकुमारले रानीबाट जुनउत्तर पाउछ, त्यसले उसलाई बाँसुरी प्रतिलगाव बढाइदिन्छ । एकदिन सधै झै उ स्कूलबाट घर फिर्दै गर्दा बाँसुरी बजाउदै बाँसुरी कै व्यापार गरिरहेका उनकै उमेरका ती गरिब बालकलाई देख्छ । त्यस दिन देखि यता, उ मनमनै ती बालकलाई कृष्ण र आफुलाई सुदामाको रुपमा कल्पना गर्न थाल्छ ।
‘श्रीमान श्रीमतीबीच उत्पन्न टकरावले बालमास्तिष्कमा पार्ने असरलाई देखाउदै मित्रताको कथापनि भन्छ, असलमा भन्ने हो भने यो शहरको कथा हो ।’
कथालाई मैले आदिमा नै बिट मारे बाँकी कथा सुन्न, बुज्न वा हेर्न तपाई नजिकैको सिनेमा हलसम्म पुग्नु पर्ने हुन्छ । जहाँयहि माघ २५ गते देखि अन्य दुई चलचित्रसंगै सारंगले पनि देशै भरिका हलहरुबाट आफ्नो दौड शुरु गरि सकेको छ । चलचित्रले परिवारको लागी धन संकलन गर्दा गर्दै परिवार नै बिर्सिएकाहरुलाई छुन्छ । श्रीमान श्रीमतीबीच उत्पन्न टकरावले बालमास्तिष्कमा पार्ने असरलाई देखाउदै मित्रताको कथापनि भन्छ । असलमा भन्ने हो भने यो शहरको कथा हो । जहाँ बाच्नलाई दिनहु युद्ध लडिरहनु पर्छ । अनिदर्पण र बच्चनको माध्यमद्धारा कृष्णा सुदामाको मित्रतालाई सम्झिएको छोटो बालकथा पनि हो ।
चलचित्रमा बाल कलकार आदित्य कार्की र साम्राट थापाले पाएको रोललाई न्याय गरेका छन् । उनीहरुको अभिनयतारिफ योग्य छ । ऋचा शर्मा र उत्पाल झाले मातापिताको रोलमा शसक्त अभिनय गरेका छन् । छोटो रोलमा देखिएता पनि बिर्तामोड १० की अनिशा न्यौपानेले सिनेपर्दामा सम्भावनाका ढोका खोलेकी छिन् । गीतहरु कथासंगै बग्छ । चलचित्र हेर्दै गर्दा कतिपय दृष्य र संवादहरुले दर्शकहरुलाई इमोसनल बनाउछ । सारंगले मनोरञ्जन संगसंगै अभिभावकहरुलाई सचेत पनि गराएर जान्छ । समग्रमा चलचित्र एकपटक सबैले हेर्न छुटाउनै नहुने बनेको छ ।