लोक मारुनी गीत ‘लाए माया तिमीलाई छानी’को म्युजिक भिडियो बिमोचन, भिडियोसहित

झापा । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भएको छ ।

रेडियो नेपालकी गायिका पबित्रा ओलीको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा बरिष्ठ साहित्यकार तथा गीतकार केशव आचार्यबाट गीतको बिमोचन भएको हो । मारवाडी भाषामा गीत, कबिता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आएका गीतकार तायलको यो पहिलो नेपाली लोक मारुनी गीत हो । उनका दर्जनौ गीतहरु रेकर्डिङ भई स्रोता र दर्शकमाझ आइसकेका छन् ।

गायक निरज पोखरेल र गायिका मेलिना राईको स्वरमा रहेको गीतको सङ्गीत गायक पोखरेलकै रहेको छ। कार्यक्रममा यसै गीतमा प्रमुख अभिनय गर्ने माही शर्माको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा गीतकारको तर्फबाट सत्यनारायण तायलले बिमोचन भएको गीतको बारेमा चर्चा गर्नुभएको थियो । गायिका पबित्रा ओली र गायक निरज पोखरेलले गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बरिष्ठ साहित्यकार टंक बिकल्प, माधव पौडेल, ओमप्रकाश भट्टराई, गायक उमेश पाण्डे प्रदीप महत्तो, निमेष शिवाकोटीलगायतको उपस्थिति रहेको थियो । गीतकार तथा साहित्यकार लबकुश गौतमले कार्यक्रम संचालन गर्नुभएको थियो ।

उक्त गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट रिलिज भएको छ।

भिडियो हेर्नुस्: 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
148
सम्बन्धित

लोकप्रिय

लोकप्रिय