साथीको हत्या गरी फरार भएका इलामका बिमल खवास पक्राउ

झापा । साथीको हत्या गरी फरार भएका इलाम नगरपालिका–९ पोखरिया स्कुलछेउ गोलबस्ती बस्ने ३१ वर्षीय बिमल खवास पक्राउ परेका छन् ।

आज (आइतबार)राति ९ बजे बिमल खवासलाई इलाम–७ टुँडिखेलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी सहायक निरीक्षक प्रदिप मुखियाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

खवासले कुटपिट गर्दा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सुनुवारको मृत्यु भएको थियो । बिहीवार साँझ ७ बजेतिर खवासले सुनुवारलाई कुटपिट गरि घाइते बनाएका थिए । सडकमा घाइते भई लडिरहेको अवस्थामा फेला पारी अटोमा हालेर सुनुवारलाई जिल्ला अस्पताल इलाम पठाइएको थियो । जिल्ला अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भई घर गएकोमा शुक्रवार बिहान घाइते सुनुवारले बान्ता गरेका थिए ।

उनलाई आफन्तले पुनः जिल्ला अस्पताल इलाममा लगेकोमा त्यहाँबाट थप उपचारको लागि बिर्तामोड ल्याउँदै गर्दा दिउँसो १ बजेतिर इलामको कन्याममा मृत्यु भएको थियो । पोस्टमार्टमपछि मृतकका बुबा भवानी सुनुवारले शव बुझेर लगेको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
213
सम्बन्धित

लोकप्रिय

लोकप्रिय