विवाहमा कुटपिट ह्ँदा एक युवकको मृत्यु, दुईजना पक्राउ

झापा । बाँकेमा एक युवकको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-२ का ३५ वर्षीय रामबहादुर राना र बैजनाथ-६ का १७ वर्षीय एक किशोर छन् । बैजनाथ-८ का २५ वर्षीय दिनेश रोकायाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको शुक्रबार ९माघ २५० राति बैजनाथ-८, बिचलाईनस्थित विवाह कार्यक्रममा विवाद हुँदा उनीहरूले दिनेशसहित ६ जनामाथि कुटपिट गरेका थिए । कुटपिटबाट दिनेश गम्भीर घाइते भएका थिए ।

कोहलपुरस्थित मेडिकल कलेजमा प्राथमिक उपचारपछि उनलाई भारतको लखनऊ पठाइएको थियो । त्यहाँ उपचारका क्रममा आइतबार ९माघ २७० बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते अरू पाँचजनाको उपचार जारी छ । कोहलपुरकै मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
231
सम्बन्धित

लोकप्रिय

लोकप्रिय