लिम्बुनी ठुली स्मृति कप आजबाट सुरु हुँदै, उद्घाटनमा बुट्टाबारी युनाइटेड र रेड हर्स भिड्ने

खुदुनाबारी । झापाको अर्जुनधारा नगरपालिकास्थित खुदुनाबारीमा हुने लिम्बुनी ठुली स्मृति कप–२०८१ आजबाट सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटनमा आज बुट्टाबारी युनाइटेड झापा र रेड हर्स इलामबिच प्रतिस्पर्धा हुने छ ।

त्यस्तै दोस्रो खेलमा भोली २८ गते आयोजक र एन्ट्र पथरी ११ एफसी मोरङबिच खेल हुने छ । २९ गते बेलडाँगी एफसी दमक र जलथल एफसी झापा, ३० गते रोलिङ क्लब धुलाबारी र एपीएफ पकली सुनसरीबिच खेल हुने आयोजक च्यारिटी युथ क्लब खुदुनाबारीका अध्यक्ष लिलाबल्लव खतिवडाले जानकारी दिनुभयो ।

कोशी प्रदेश क्लब स्तरीय यो प्रतियोगितामा रेडहर्स फुटबल क्लब इलाम, एपीएफ क्लब पकली, रोलिङ क्लब धुलाबारी, बुट्टाबारी युनाईटेड क्लब झापा, पथरी ११ फुटबल क्लब मोरङ, बेलडाँगी फुटबल क्लब, जलथल फुटबल क्लब झापा र आयोजक च्यारिटी युथ क्लबबीच प्रतिष्पर्धा हुने प्रतियोगिताका खेल तथा मैदान व्यवस्थापन संयोजक दिपक दुलालले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका संयोजक सूर्य इम्बुङले बताए । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।

प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ३ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ठ डिफेन्स, फरवार्ड, स्ट्राईकर, गोलरक्षक र कोचले जनही ५ हजार पुरस्कार पाउने आयोजक कमिटीका प्रवक्ता युवराज चापागाईंले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
234
सम्बन्धित

लोकप्रिय

लोकप्रिय