सल्यान महोत्सवका स्टलहरूमा आगलागी, करोडौँको सामाग्री जलेर ध्वस्त

सुर्खेत । दोश्रो वृहत् सल्यान महोत्सवका स्टलहरुमा भिषण आगलागी भएको छ ।

आठ दिनअघि मात्रै सल्यानको श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले शुरू गरेको महोत्सवमा भएको आगलागीका कारण करोडौँको सम्पत्ति जलेर ध्वस्त भएको छ ।

शनिबार राति अन्दाजी ११ बजे आगलागी हुँदा ८० स्टल जलेर ध्वस्त भएका छन् । आगलागीबाट करोडौंको क्षति भएको आयोजकले जनाएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटेका थिए । अहिले भने आगो नियन्त्रणमा लिई व्यवस्थापनको काम भइरहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
188
सम्बन्धित

लोकप्रिय

लोकप्रिय