चितवनमा ट्रक दुर्घटना हुँदा १९ वटा खसीबोका मरे

झापा । चितवनमा खसीबोका बोकेको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा केही खसीबोका मरेको चितवन प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका– ४ मा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

खसीबोका लिएर बर्दियाबाट काठमाडौं आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक सडकमा पल्टिएर दुर्घटना भएको उनको भनाइ छ । ट्रकमा रहेका १९ वटा खसीबोका च्यापिएर मरेका छन् । क्षतिको थप विवरण आउन बाँकी छ ।

यसअघि आइतबार बिहान चितवनमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
196
सम्बन्धित

लोकप्रिय

लोकप्रिय