झापा । झापाको चारालीमा पहिलोपटक भव्य सांगीतिक महोत्सव ‘चाराली म्युजिक फेस्ट २०२५’ आयोजना हुने भएको छ । बज्र इभेन्टको आयोजनामा एक दिवसीय संगीत महोत्सव हुने आज होटल मेचीक्राउनमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।
संगीतिक महोत्सवमा लोकप्रिय ब्यान्ड ‘जोन एण्ड द लोकल’को प्रस्तुति रहने इभेन्टका स्पिकर मनिष गहतराजले बताउनु भयो । फागुन ९ फेब्रुअरी २१ मा चारआली देखि दक्षिण निचाझोडा सिमसार क्षेत्र नजिक रहेको हातेमालो खेल मैदानमा सम्पन्न हुने यस कार्यक्रमले नेपाली सङ्गीत प्रेमीहरूलाई नयाँ उत्साह प्रदान आयोजकको अपेक्षा रहेको छ ।
महोत्सव सम्पन्न गर्न करिव १७ लाख रुपैया लाग्ने आयोजकको अनुमान रहेको छ । कार्यक्रममा प्रवेश शुल्क भने ५००, १००० र ३५०० रुपैया निर्धारण गरिएको छ । बज्र इभेन्ट्सको आयोजनामा हुने साँगीतिक कार्यक्रममा प्रमुख आकर्षणका रूपमा जोन एण्ड द लोकल्को दमदार प्रस्तुति रहने जनाइएको छ ।
विश्वका विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिइसकेको यो चर्चित ब्यान्ड नेपाली सङ्गीतप्रेमीहरू माझ अत्यधिक लोकप्रिय छ । ब्याण्डको नेतृत्व गायक जोन चाम्लिङले गर्दै आएका छन् । जोन एण्ड द लोकल्स नेपालका चर्चित ब्यान्डहरूमध्ये एक हो, जसको उत्पत्ति धरान, पूर्वी नेपालमा भएको हो । जोन एण्ड द लोकल्सले रक, इन्डी, र लोक संगीतको अनौठो संयोजन प्रस्तुत गर्छ । उनीहरूका गीतहरूले नेपालभरि मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा कमाएका छन्।
बज्र इभेन्ट्सका अध्यक्ष फुर्वा लामाका अनुसार चारआली म्युजिक फेस्ट २०२५ बाट बचेको रकमले मेचीनगरको फ्रिडम फाउण्डेसनलाई सहयोग गर्दै सामाजिक हितका कार्यक्रमहरूलाई प्राथमिकता दिनेछ । फ्रिडम फाउण्डेसन लागूऔषध प्रयोगकर्ताहरूलाई कुलत बाट मुक्त गराउन उपचार र परामर्श प्रदान गर्दै आएको छ । यसको सञ्चालक सन्दिप थापा रहेका छन् । उनी पनि यस सङ्गीत महोत्सव आयोजनामा जोडिएका छन् ।
आज (शनिबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष लामाले भने, “यो केवल मनोरञ्जनको लागि मात्र नभई साङ्गीतिक पहिचान, स्थानीय व्यापार प्रवद्र्धन, तथा सामाजिक सुधारका लागि ऐतिहासिक अवसर हुनेछ । यस महोत्सवले स्थानीय कलाकारहरूलाई अन्तर्राष्ट्रिय स्तरको मञ्च प्रदान गर्नेछ, जसले उनीहरूको कला संसारभर चिनाउने अवसर प्राप्त हुनेछ ।”
अध्यक्ष लामाले सम्पूर्ण सङ्गीत प्रेमीहरूलाई यो ऐतिहासिक क्षणको साक्षी बन्न चारआली म्युजिक फेस्ट २०२५ मा उपस्थित हुन आग्रह गरेका छन् । चारआली म्युजिक फेस्ट बाट सङ्कलित पूँजीलाई लागूऔषध तथा दुव्र्यसन नियन्त्रण, स्थानीय पर्यटन प्रवद्र्धन, र स्थानीय कलाकारहरूको उत्थान जस्ता सामाजिक कार्यहरूमा लगानी गरिने महोत्सव आयोजकका महेश गहतराजले जानकारी दिए ।
चारआली म्युजिक फेस्ट २०२५, मनोरञ्जनको मात्र स्रोत नभई स्थानीय समुदायलाई आर्थिक, सांस्कृतिक, र सामाजिक रूपमा सशक्त बनाउने महत्त्वपूर्ण कार्यक्रम बन्ने अपेक्षा गरिएको छ ।
चारआली क्षेत्रको साङ्गीतिक पहिचानलाई विश्व मञ्चमा पुर्याउने लक्ष्य सहितको यो महोत्सव, नेपाली सङ्गीत प्रेमीहरूका लागि अविस्मरणीय अनुभव बन्नेछ । पत्रकार भेटघाट कार्यक्रममा आकास तामाङ, राजेन्द्र उप्रेती, सन्दिप थापा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विशाल घिसिङले गरेका थिए ।