अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु

सान फ्रान्सिस्को । अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार वायुयानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला परेको जनाएको छ ।

उक्त दुर्घटनाग्रस्त विमान पश्चिमी अलास्काको नोम सहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको हो ।

विमानमा रहेका सबै १० जनाको मृत्यु पुष्टि भएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

प्रतिकूल मौसम र कम भिजिबिलिटीबीच एक घण्टा लामो खोज अभियानपछि भग्नावशेष फेला परेको थियो ।

अलास्काको सार्वजनिक सुरक्षा विभागका अनुसार, बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्ना कारभान बिहीबार दिउँसो बेपत्ता भएको थियो ।

शुक्रबार स्थानीय समयानुसार बिहान ९ बजे नोम स्वयंसेवी फायर डिपार्टमेन्टले विमानमा रहेका सबैका परिवारलाई सूचित गरिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
279
सम्बन्धित

लोकप्रिय

लोकप्रिय