इलाममा होमस्टेका तीन कामदारले आफ्नै साहुलाई गरे कुटपिट

झापा । इलामको इलाम नगरपालिका–६ स्थित इलाम होमस्टेमा काम गर्ने तीनजना कामदारले मिलेर आफ्नै साहुलाई निर्घात कुटपिट गरेका छन् ।

गएराति १:३० बजे होमस्टेका साहु ५२ वर्षीय दुर्गाबहादुर दाहाललाई होमस्टेमा काम गर्ने सोही ठाउँ बस्ने २६ वर्षीय अशोक श्रेष्ठ, ३० वर्षीय राम श्रेष्ठ र २९ वर्षीय मधु श्रेष्ठ गरी तीनै जनाले मिलेर कुटपिट गरेका हुन् ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलाम लगिएको छ । उनको बाँया आँखा र टाउकोमा चोट लागेको छ ।

कुटपिट गर्ने तीनै जनालाई राति नै नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।

होमस्टेका कामदारहरुले साहु दाहाललाई कुट्नु पर्ने कारण खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
0
313
सम्बन्धित

लोकप्रिय

लोकप्रिय