बालयौन दुरुपयोग मुद्दामा मदन राईलाई अढाई वर्ष कैद सजाय

काठमाडौं । खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक मदन राई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका छन् । उनलाई जिल्ला अदालत खोटाङले शुक्रबार २ वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले यसअघि गत माघ १३ गते राईलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको थियो । तर सजाय निर्धारण हुन बाँकी थियो । दाहालको इजलासले राईलाई शुक्रबार २ वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको हो ।

फाउन्डेसनमै राखिएका बालिकाहरूलाई बाल यौनदुरुपयोग गरेको कसुरमा राईलाई २०८० वैशाख २९ गते पक्राउ गरिएको थियो । त्यसपछि थुनछेकका क्रममा राई २०८० जेठ २२ गते धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
185
सम्बन्धित

लोकप्रिय

लोकप्रिय