‘एचपिभी’ खोप अभियान: बिर्तामोडमा ७ हजार ५७२ जनालाई लगाईने

बिर्तामोड । किशोरीहरुको लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान बिर्तामोडमा धमाधम सञ्चालन भईरहेको छ ।

विद्यालय र विद्यालय बाहिरका किशोरीहरुका लागि माघ २२ गतेदेखि सुरु भएको यस अभियानमा खोपकर्मी र स्वयमसेवक गरि १०४ जना जनशक्ति खटिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

माघ २७ गतेसम्म सञ्चालन हुने यस अभियानमा आज (शुक्रबार) सम्मको तथ्याङ्क अनुसार ७५ प्रतिशत खोप लगाईसकिएको बिर्तामोड नगर अस्पतालका जनस्वास्थ्य निरिक्षक तथा कार्यक्रमका फोकल पर्सन गणेश रिजालले जानकारी दिनुभयो ।

बिर्तामोडमा बिद्यालयका ६ हजार ४३३ र बाहिरका १ हजार १३९ गरि कुल ७ हजार ५७२ जनालाई खोप लगाईने नगरका स्वास्थ्य शाखाका प्रमुख राजिब बिष्टले जानकारी दिनुभयो । यसका लागि विद्यालयमा ५७ र स्वास्थ्य संस्थामा ११ वटा गरि ६८ वटा खोप केन्द्र स्थापना गरेको जनाईएको छ ।

सरकारको कार्यक्रम अनुसार विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्म र बाहिर रहेका १० बर्षदेखि १४ वर्षसम्मका किशोरीलाई ुएचपिभी’ खोप लगाउने कार्य सञ्चालन भईरहेको हो ।

स्वास्थ्य केन्द्रमा कुनै कारणले खोप लगाउन छुटेकाहरुलाई माघ २७ गते १० वटै वडामा रहेका स्वास्थ्य संस्थामा लगाईने स्वास्थ्य शाखा प्रमुख बिस्टले जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले लक्षित समुहले खोप अनिबार्य लगाउन आग्रह गर्नुभयो । उहाँले अभियान सफल बनाउन जनप्रतिनिधि, कर्मचारी सबै लाग्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
182
सम्बन्धित

लोकप्रिय

लोकप्रिय