संविधान नमान्नेहरुले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्न सक्छन्: एमाले नेता खरेल

झापा । पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी समिति सदस्य अग्नी खरेलले सरकारले आवश्यकताकै आधारमा अध्यादेश ल्याएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले जनताको सुविधाको लागि ल्याएको अध्यादेश पास गरेर जान सक्ने बताउनुभयो । उहाँले भन्नुभयो – संविधान बमोजिम अध्यादेश ल्याउन सकिन्छ । संविधान नमान्नेहरुले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्न सक्ने उहाँको धारणा थियो ।

यस्तै, नेता खरेलले परिवार र समाजलाई ध्वस्त हुनबाट जोगाउन सामाजिक सञ्जाल विद्येयक आवश्यक भएको बताउनुभयो । त्यसमा भएका व्यवस्थाहरु, सजाय र जरिवानाहरु छलफलबाट बढाउन वा घटाउन सकिने तर्क गर्नुभएको छ ।

नेता खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको बताउनुभयो । उहाँले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताउनुभयो । ‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको रहेछ भन्ने पुष्टि प्रचण्डले भर्खरै संसद्मा बोलेरै गर्नुभएको छ’ नेता खरेलले भन्नुभयो –उहाँले अब सत्तामा जान पनि नसक्ने आफ्नै अभिव्यक्तिहरुबाट बताइरहनुभएको छ । पत्रकार सम्मेलनमा नेता खरेलले प्रचण्ड सामाजिक एवम् राजनीतिक वातावरणलाई भाँडभैलो बनाउन क्रियाशिल रहेको आरोप लगाउनुभएको छ ।

रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्बन फुकुवा बारे पत्रकारहरुको जिज्ञासामा जवाफ दिदैं उहाँले सभामुखको निर्णय ठिक भएको प्रतिक्रिया दिनुभएको छ । सभामुखले नियम बमोजिम गर्नुभएको हो, उहाँहरु (रास्वपा) दवाव सिर्जना गरेर निलम्बन फुकुवा गर्न खोज्दै हुनुहुन्छ, दवावको बाटो छोडर कानुनी बाटो रोज्नु उपर्युक्त हुने सूझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
207
सम्बन्धित

लोकप्रिय

लोकप्रिय