बर्दिया । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका ७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको शुक्रबार बिहान चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।
घर्तीका अनुसार नेपाल-भारत सीमा क्षेत्रमा बाख्रा चराउदै गर्दा विहान ११ बजे चितुवाले आक्रमण गरेको थियो।
उनका डिएसपी मगरका अनुसार स्थानीयले प्रहरीलाई दिउँसो साढे १ बजेतिर मात्रै खबर गरेको थियो ।
घाइते भएकी जुनालाई जिल्ला अस्पताल गुलरिया पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।