अन्तर मावि निबन्ध लेखन प्रतियोगितामा भानु माविकी छात्रा कन्चन प्रथम

शिवसताक्षी । झापाको शिवसताक्षी भएको निबन्ध लेखन अन्तर विद्यालय निबन्ध लेखन प्रतियोगितामा श्री भानु माध्यमिक विद्यालय प्रथम भएको छ ।

वैदेशिक रोजगारीले नेपाली समाजमा परेको प्रभाव विषयक निबन्ध लेखन प्रतियोगितामा भानु माविकी कन्चन काफ्लेले प्रथम स्थान हासिल गरेकी छिन् ।

प्रथम भएसँगै उनले नगद ५ हजार पुरस्कार समेत प्राप्त गरेकी छिन् ।

त्यस्तै प्रतियोगिता श्री बालनिकुञ्ज माविका छात्र झरेन्द्र मिश्रले द्वितीय स्थान हासिल गरेका छन् भने श्री क्याम्ब्रिज अंग्रेजी माविका छात्र गणेश घिमिरेले तृतीय स्थान हासिल गरेको आयोजक सताक्षीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहालले जानकारी दिए । दोस्रो र तेस्रो हुने छात्राहरुले क्रमशः नगद ३ हजार र २ हजार तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

सतासीधाम साहित्य संगमले विद्यार्थीहरुको अन्तरनिहीत क्षमताको विकास गर्ने उद्देश्यले निबन्ध लेखन प्रतियोगिताको आयोजना गरेको संगमका अध्यक्ष उमानाथ दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
263
सम्बन्धित

लोकप्रिय

लोकप्रिय