नव ज्योति च्यालेन्ज कपः सुनसरीको न्यु स्टार फाइनलमा

अर्जुनधारा । मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४–१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो ।

मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ औँ, पहिलो हाफको इन्ज्युरी र ५२ औँ मिनेटमा गोल गरे । त्यस्तै, खेलको ७३ औँ मिनेटमा सुशील राईले एक गोल थपे ।

दुवै टोलीले उत्कृष्ट मुभहरु बनाए पनि मोरङको फिनिसिङ कमजोर देखिएको थियो । मोरङका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका अस्बिन राईले ६३ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।

खेलको प्लेयर अफ द म्याच तीन गोलकर्ता मिलन राई भए । उनले नगद ७ हजार र ट्रफी पाए ।

प्रतियोगिताअन्तर्गत भोलि अन्तिम सेमिफाइनल खेल आयोजक नव ज्योति युथ क्लब र काठमाडौँको प्लानिङ ब्वाइजबीच हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।

क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख २५ हजार र उपविजेता टिमले नगद एक लाख २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले नगद १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
0
230
सम्बन्धित

लोकप्रिय

लोकप्रिय