झापा। झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ५ः३० बजे बिर्तामोड नगरपालिका वडा २ चारपानेस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा बिर्तामोड ६ जलकन्या बस्ने बर्ष ६५ की चन्द्रकला राईको मृत्यु भएको हो ।
पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिई घाइते भई लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुरतर्फ पठाएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
ठक्कर दिने सबारी साधनको पहिचान तथा खोजतलास गर्ने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।