काठमाडौं। डडेल्धुरामा चालु आर्थिक वर्षमा १६ करोड ५० लाखका सुन्तला उत्पादन भएका छन।
कृषि ज्ञान केन्द्र डडेल्धुराका अनुसार जिल्लामा चालु आर्थिक वर्षमा १६ करोड ५० लाखका सुन्तला उत्पादन भएका छन्।
जिल्लाको उच्च भेगका गाउँहरू, विशेषगरी अमरगढी, आलिताल, भागेश्वर, गन्यापधुरा लगायतका क्षेत्रमा सुन्तला खेती हुँदै आएको छ।
केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले ३१० हेक्टर क्षेत्रमा २७ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताए। जिल्लामा गत आर्थिक वर्षमा १६ करोड २० लाखको सुन्तला उत्पादन भएको थियो ।
यस वर्ष गत वर्षको तुलनामा बढी सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।