दुर्गापुर-खुदुनाबारी सडकमा मोटरसाइकल दुर्घटना, बिर्तामोडका साहको मृत्यु

झापा । झापाको दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गएराति १२ बजे कनकाई नगरपालिका वडा नं. १ बिमल चौतारास्थित दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडकखण्डमा दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदैं गरेको मे.१० प २६२४ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी २८ वर्षीय सिद्धार्थ साह र सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २४ वर्षीय सुमित सोनी (साह) घाइते भएका थिए ।

घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा सुमितको उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । मृतक सुमित नेपाल स्वर्णकार समाज झापाका सदस्य ओमप्रकाश सोनी, प्रमोद सोनी र आशिष सोनीका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
2
+1
0
+1
1
+1
7
916
सम्बन्धित

लोकप्रिय

लोकप्रिय